नेपाली फिल्मको गीतमा यसरी नाचिन् सन्नी लियोनी, गीतको खर्च मात्र पाँच करोड

0

   
विराटनगर, मंसिर २०
बलिउडकी ‘आइटम गर्ल’ भनेर चिनिने अभिनेत्री सन्नी लियोनी नेपाली फिल्म ‘पासवर्ड’को एक आइटम गीतमा नृत्य गर्दै गरेका फोटोहरु सार्वजनिक भएको छन् । उनले सो फिल्ममा समावेश ‘सन्नी हो नाम मेरो’ बोलको गीतमा आइटम नृत्य गरेकी हुन् ।

उक्त गीत बलिउडका भेट्रान कोरियोग्राफर विष्णु देभाले निर्देशन गरेका हुन् । उक्त गीतको छायांकन लण्डनमा भएको हो । सो गीतमा नृत्य गर्नका लागि सन्नी ७ जनाको टिम लिएर लण्डन पुगेकी थिइन् ।

सन्नीलाई उक्त गीतमा २ सय बढी डान्सरले साथ दिएका छन् । भारत र बेलायतका नृत्याङ्गनाहरु गीतमा सन्नीसँगै फिचर छन् ।

निर्माण पक्षका अनुसार ‘पासवर्ड’को सो गीत हालसम्मकै सर्वाधिक बजेटमा निर्माण गरिएको छ । उक्त गीतको छायाँकनमा पाँच करोड नेपाली रुपैयाँ खर्च गरेको निर्माण पक्षले जनाएको छ । यसैले पनि हालसम्म कै सर्वाधिक लागत भएको नेपाली गीत बनेको छ ।

उक्त आइटम गीत संगीतकार अर्जुन पोखरेलको संगीत छ भने विक्रम जोशीको शव्द छ । गीतमा दुर्गा खरेलले आवाज दिएकी छन् भने संगीत संयोजन महाराज थापाले गरेका छन् ।

‘पासवर्ड’मा अनुप विक्रम शाही, बुद्धि तामाङ, रविन्द्र झा, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, प्रविण खतिवडा, लिशा सुनार, परी राणालगायतको भूमिका रहने छ भने सम्राट बस्नेतले निर्देशन गर्दैछन् । एक्सन थ्रिलर जनराको फिल्ममा सौरभ लामाको छायाँकन छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW