‘२.०’पछि अब यस फिल्ममा आउँदैछन् रजनीकान्त, साथमा देखिनेछन् नवाजुद्दीन

0


विराटनगर, मंसिर २०
अभिनेताद्वय रजनीकान्त र अक्षय कुमारको मुख्य भूमिका रहेको ‘२.०’ बक्स अफिसमा राम्रै सफलता हात र्पायो । यस फिल्मलाई लिएर रजनीकान्त र अक्षयको धेरै चर्चामा रहे । यसैबीच रजनीकान्त अर्को एक खबरलाई लिएर चर्चामा आएका छन् ।

साउथ सुपरस्टार रजनीकान्तको नयाँ फिल्मको विषयलाई लिएर उनी चर्चामा आएका हुन् । रजनीकान्तले अब अर्को फिल्म ‘पेटा’ गर्दैछन् । जसमा बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी पनि साथमा देखिने छन् ।

यस फिल्मको पहिलो पोस्टर नवाजुद्दीन सिद्दीकीले आफ्नो ट्विटरमा पोस्ट गरेका थिए । सो पोस्टरपछि यस फिल्मको चर्चा चुलिएको हो ।

खबरका अनुसार यस फिल्ममा रजनीकान्त र नवाजुद्दीनबाहेक त्रिशा कृष्णनको पनि अभिनय रहने छ । यद्यपि, यस फिल्मका रिलीज डेटको खुलासा अहिले भएको छैन ।

 

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW