मनाङको चिसोमा अनमोल र सुहाना रोमान्टिक मुडमा देखिए, हेर्नुहोस् तस्बिरहरु

0

 
पोखरा, मंसिर १८
नायक अनमोल केसी र नव–नायिका सुहाना थापाको मुख्य अभिनय रहेको चलचित्र ‘ए मेरो हजुर–३’को छायांकन भइरहेको छ । नायिका तथा निर्देशक झरना थापाको निर्देशनमा बन्ने उक्त फिल्मको छायांकन मनाङ, पोखरालगायत स्थलहरुमा हुँदैछ ।

सुनिलकुमार थापाको निर्माण रहेको यस फिल्मको दुई गीत मनाङमा छायांकन भएको थियो । जसमा यसका मुख्य कलाकार अनमोल र सुहाना फिचरिङ छन् । अनमोल र सुहाना फिचर भएको सो गीतमा प्रतीक अधिकारी र आशिष अविरलको स्वरमा रहेको बताइएको छ ।

सुटिङको क्रममा खिचिएका केही तस्बिरहरु निर्माणपक्षले सार्वजनिक गरेको छ । तस्बिरमा नायक अनमोल र सुहानालाई रोमान्टिक मुडमा देख्न सकिन्छ । आफ्नो डेब्यू फिल्ममा सुहानाले अहिले हट केक नायक अनमोलको साथ पाएकी छन् ।

सुहाना अभिनेत्री तथा निर्देशक झरना थापा र निर्माता सुनिल कुमारकी छोरी पनि हुन् । आउँदो चैत्र २९ बाट प्रदर्शनमा आउने सो फिल्मको आधा प्रतिशत भन्दा बढी काम सकिएको निर्माण पक्षले जनाएको छ । निर्माण पक्षका अनुसार बाँकी छायांकन बुधबारबाट पोखरामा हुँदै छ ।

असोज २६ बाट यस फिल्मले आफ्नो छायांकन सुरू गरेको थियो । फिल्ममा निर्देशक थापा र सुमन पौडेलको कथा रहने छ । यस फिल्ममा कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिष अविरलको संगीत रहनेछ । यस्तै रोशन श्रेष्ठले द्वन्द्व निर्देशन गर्नेछन् भने सञ्जय लामा क्यामरा सम्हाल्नेछन् ।

फिल्ममा अनमोल गायकको भूमिकामा छन् भने सुहाना एक फ्यानकोे भूमिकामा छिन् । यस्तै अनमोल र सुहानाका साथमा सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ फिल्ममा केसी र थापासँगै सलोन बस्नेत, अर्पण थापा, रवीन्द्र झालगायतका कलाकारको अभिनय रहेको छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW