भिमफेदी गाइजसँग यसरी नाचिन् एलिशा राई (भिडियो)


विराटनगर, मंसिर १७
नायिका एलिशा राई यतिखेर म्युजिक भिडियोमा ब्यस्त छिन् । उनी अभिनित म्युजिक भिडियोहरुले अहिले धमाधम बजार तताईरहेका छन् ।

अभिनयमा मात्र नभएर नृत्यमा पनि एकदमै सिपालु एशिला अहिले म्युजिक भिडियो निर्देशकको पहिलो रोजाईमा छिन् । यसैबीचमा उनले अभिनय एवं नृत्य गरेका एक म्युजिक भिडियो युटुबमा सार्वजनिक भएको छ । चर्चित डान्स ग्रुप भिमफेदी गाईजसँगको धमाकेदार नृत्य रहेको यस भिडियो सोमबार सार्वजनिक भएको हो ।

‘झ्याप्पै तिमीलाई’ बोलको सो गीतमा पूर्व तामाङको स्वर रहेको छ भने निर्मल पूरी (भोगी)को शव्द तथा बबुल गिरीको संगीत र एरेन्ज रहेको छ । यस्तै भिडियोमा पवन सुस्लिङको छायांकन निर्मल लामाको निर्देशन रहेको छ ।

 

प्रतिक्रिया

Loading...