‘पिरिम नलाउने’ भन्दा वर्षा राउतले पाइन् एक करोड (भिडियोसहित)


विराटनगर, मंसिर १६
वर्षा राउत अभिनित म्युजिक भिडियोले एक करोड भ्युज पाएको छ । उनी अभिनित ‘पिरिम नलाउने’ बोलको गीत करोड क्लबमा प्रवेश गरेका हो ।

पछिल्लो समयमा ‘टिक टक’मा पनि लोकप्रिय भएको उक्त गीतले करोड भ्युज पाएपछि खुशीयाली मनाउन केक काटिएको छ । गायक तथा मोडल आशीष सचिनले केक काटेर खुशीयाली साटासाट गरेका हुन् ।

नायिका वर्षासहितको टोलीले केक काटेर खुशीयाली साटासाट गरेका हुन् । शनिबार काठमाडौँमा एक कार्यक्रमबीच खुशीयाली मनाइँदै ‘पिरिम नलाउने २’को पनि घोषणा गरिएको छ । उक्त विशेष उत्सवमा पिरिम नलाउनेको टिमका साथै चर्चित कलाकारहरुको उपस्थिति रहेको थियो ।

सो गीतमा गायिका मेलिना राईको आवाज रहेको छ भने गायनमा पनि आशिषले मेलिनालाई साथ दिएका छन् । यस्तै गीतमा दीपक शर्माको शव्द तथा संगीत रहेको भने नरेन्द्र वियोगीको एरेन्ज रहेको छ ।

यस्तै म्युजिक भिडियोतर्फ सुब्रतराज आचार्यको निर्देशन रहेको छ भने नविन निरौलाको सम्पादन रहेको छ । गम्भीर विष्टको कोरियोग्राफी तथा जय शर्माको कन्सेप्टमा भिडियो अत्यधिक राम्रो बनेको छ ।

 

प्रतिक्रिया

Loading...