रीमा विश्वकर्मा ‘मिस’ बन्दा भिमफेदी गाइज बने ‘विद्यार्थी’ (भिडियोसहित)


विराटनगर, मंसिर १५

नायिका तथा होस्ट रीमा विश्वकर्मा अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘माया भन्ने’ बोलको उक्त म्युजिक भिडियो शुक्रबार युटुबमा सार्वजनिक गरिएको हो ।

भिडियोमा रीमालाई नेपालका चर्चित डान्स ग्रुप भिमफेदी गाइजले नाचेर साथ दिएका छन् । भिडियोमा मन्टेश्वरीमा पढाउने शिक्षिकाको रुपमा रीमा प्रस्तुत भएकी छन् भने भिमफेदी गाइजलाई विद्यार्थीको रुपमा प्रस्तुत गरिएको छ ।

गीतको भिडियोलाई भिमफेदी गाइजका निर्मल लामाले कोरियोग्राफी गरेका छन् भने सम्पादन तथा निर्देशन प्रविन श्रेष्ठले गरेका छन् ।

यस्तै गीत भने गायक अमिर बोम्जनको आवाजमा सजिएको छ । बसन्त सापकोटाको संगीतमा रहेको गीतमा दिनेश थपलियाले शब्द भरेका छन् ।

प्रतिक्रिया

Loading...