fbpx

कसरी सुरु भयो ‘हनिमुन’ जाने चलन ? के हो हनिमुनको अर्थ ?

एजेन्सी, मंसिर १४
विवाहपछि हनिमुन जाने चलन आजकाल सामान्य भइसकेको छ । खासमा हनिमुन शब्दको उत्पत्ति कसरी भयो भन्नेबारे भने धेरैलाई जानकारी नहुन सक्छ ।

सबैभन्दा पहिले हनिमुनको अर्थ बुझौं । ‘हनी’को अर्थ ‘मधुरता’ र ‘मुन’को अर्थ भने ‘बदलिँदै गरेको समय’ भन्ने बुझिन्छ । हनिमुन शब्दको पहिलो प्रयोग भने १६औं शताब्दीमा रिचर्ड ह्युलोटले गरेका थिए भन्ने इतिहास पाइन्छ ।

वल्र्डवाइड वड्र्स वेबसाइटका अनुसार ह्युलोटले नै पहिलोपटक हनिमुन शब्दको प्रयोग गरे पनि केही मानिसका अनुसार हनिमुनको सुरुआत ४००० साल पहिले नै बेबीलोनबाट भएको हो । त्यो समयमा बेबीलोनमा नव विवाहित जोडी विशेष प्रकारको मदिरा पिउँथे ।

समयक्रमसँगै यो शब्द प्रयोग हुँदै र व्यवहारमा पनि लागू हुन थाल्यो । त्यसपछि युरोपियन देशमा यसको प्रयोग नवविवाहित जोडीले बिहेपछि कतै घुमघामका लागि निस्किएर गर्न थाले । अहिले त यो पश्चिमा देशमा मात्रै नभएर नेपालमै पनि प्रयोगमा एक चलन बनिसकेको छ ।

प्रतिक्रिया

one × 1 =

Loading...