चर्चित गीत ‘काफल खान्या’मा यसरी नाचिन् शिल्पा पोखरेल (भिडियोसहित)


विराटनगर, मंसिर १४
एक समय अत्यधिक रुचाइएको गीत ‘काफल खान्या’ भिडियोसहित सार्वजनिक भएको छ । जनक ताम्राकारको सो गीतमा उनले गाउँदै गरेको लिप्सिङ सिनमात्र थियो भने अब नयाँ भिडियो बनाएर सार्वजनिक गरिएको हो ।

यसअघि सो गीतमा गायकद्वय जनक र अल्मोडा राना उप्रेतप्लाई देख्न सकिन्थ्यो भने बिहीबार सार्वजनिक गीतमा नायिका शिल्पा पोखरेल र मोडल विवेकलाई फिचर्ड गरिएको छ ।

गीतमा जनक ताम्राकारको स्वर रहेको छ भने महेश ताम्राकारको शव्द रचना एवं संगीत तथा अल्मोडाको एरेन्जमा उक्त गीत तयार भएको हो । यस्तै किङ योगीकोको कोरियोग्राफीमा बनेको सो म्युजिक भिडियो मुकेश हुमागाईंले खिचेका हुन् ।

आयुष क्षेत्रीको निर्देशन तथा अमृत चापागाईको सम्पादनमा बनेको सो भिडियो जनता फिल्मसले बजारमा ल्याएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

 

प्रतिक्रिया

Loading...