जिएम राईको गीतमा निराजन र रेखाको रोमान्स (भिडियोसहित)


विराटनगर, मंसिर १४
मोडलद्वय निराजन प्रधान र रेखा फागोको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोहरुमा देखिरहने चर्चित अनुहार निराजन र रेखाको ‘माया तिमी’ बोलको म्युजिक भिडियो बुधबार सार्वजनिक भएको हो ।

उक्त गीतमा नवगायक जिएम राईको स्वरमा रहेको छ भने टीका बमजनको शव्द तथा संगीत रहेको छ । यस्तै पवन लामाको एरेन्जमा बनेको सो गीतमा आफ्नी प्रेमिकालाई ‘माया गर्ने नै भए चोखो माया गर’ भन्ने भाव समेटिएको छ ।

यस्तै भिडियोमा भने दिनेश माङ्गमुको निर्देशन अर्जुन तिवारीको छायांकन तथा विकास धमलाको सम्पादन रहेको छ ।

 

प्रतिक्रिया

Loading...