भिडियोमा हेर्नुहोस् आँचल शर्माको ‘जिरो फिगर’


विराटनगर, मंसिर १४
हाल अष्ट्रेलियमा रहेकी नायिका आँचल शर्माले अष्ट्रेलिया घुम्दै गरेका केही फोटाहरु आफ्नो इन्स्टाग्राममा पोस्ट गरेकी छन् । तर, यता भने उनले अभिनय गरेका म्युजिक भिडियो युटुबमा धमाधम रिलिज भइरहेका छन् ।

पल शाहसँगको म्युजिक भिडियो सार्वजनिक भएको केही दिन नबित्दै उनी अभिनित अर्को म्युजिक भिडियो बजारमा आएको छ । ‘जिरो फिगर’ बोलको सो गीतमा आँचलले मोडल एलिश राईसँग अभिनय गर्दै गरेको देख्न सकिन्छ ।

बिहीबार सार्वजनिक भएको सो गीतमा एलिश राईकै स्वर रहेको छ भने विशाल पोखरेलको शव्द तथा कम्पोज रहेको छ । एलिशकै कोरियोग्राफी एवं निर्देशनमा बनेको सो भिडियो विकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

Loading...