गौरव पहारीले खेले ‘साँइली’को झल्को दिने अर्को गीत (भिडियोसहित)


विराटनगर, मंसिर १३
नायक गौरव पहारी परदेश गएको र यसैसँग सम्बन्धित भिडियोमा देखिन थालेका छन् । सुपरहिट गीत ‘साँइली’मा निकै न प्रभावशाली अभिनय गरेका उनलाई भिडियो निर्देशकले पनि यस्तै भूमिकामा देख्न चाहन्छन् ।

म्युजिक भिडियोमा मात्र नभएर फिल्ममा पनि उनले यस्तै भूमिका निभाउन थालेका छन् । सोही सुपरहिट गीत ‘साँइली’लाई लिएर एक फिल्म निर्माण हुँदैछ । सोही हिट गीतमा अभिनय गरेका नायक गौरव र नायिका मेनुका प्रधानकै अभिनयमा यस फिल्म बनेको छ ।

यस्तै उनै गौरवलाई लिएर अर्को परदेशीको पीडा समेटिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक विशालकुमार सैंजूको शब्द रचना तथा आवाजमा रहेको ‘जिउँछु भनी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

बुधबार सार्वजनिक सो म्युजिक भिडियोमा गौरवका साथमासंजीत मल्ल, भिम मैनाली र देवेन्द्र काफ्लेलाइ पनि देखाइएको छ । गीतमा संगीत तथा कम्पोज गायक स्वयंले नै गरेका छन् भने गीतको एरेन्ज तथा रेकर्ड भने सञ्जीप राइले गरेका हुन् ।

 

प्रतिक्रिया

Loading...