मेलिना राईले ल्याइन् नयाँ गीत, हेर्नुहोस् भिडियो


विराटनगर, मंसिर १३
गायिका मेलिना राईको आवाजमा सजिएको नयाँ गीत सार्वजनिक भएको छ । अहिले गायन क्षेत्रकी व्यस्त गायिका मेलिनाको ‘नहोस् मेरो धड्कन’बोलको गीत सार्वजनिक भएको हो ।

पछिल्लो समय फिल्मी गीत, आधुनिक तथा लोक–पप लगायत गीतमा आफ्नो सुमधुर स्वर दिइसकेकी मेलिनालाई यस गीतमा किरण गजमेरले साथ दिएका छन् । उक्त गीतसौरभ तिम्सिनाको शव्द रचना तथा अम्बर तुम्बापो सुब्बाको संगीतमा बनेको छ ।

यस्तै भिडियोमा भने मोडल दीनाकार गुरुङ र एलिना राईको अभिनय रहेको छ । कमाल राईको छायांकन तथा निर्देशनमा बनेको सो भिडियोमा विनाद लामगाडेले ड्रोन चलाएका छन् भने निर्देशक राईले नै सम्पादन गरेका छन् ।

प्रतिक्रिया

Loading...