दयाहाङ राईकी श्रीमतीको गीत सार्वजनिक (भिडियोसहित)


विराटनगर, मंसिर ११
नायक दयाहाङ राईको आवाजमा सजिएको नयाँ गीत सार्वजनिक भएको छ । उनकी श्रीमती बेनुका राईको आवाज रहेको ‘जुनी भरिसँगै जिउँला’ बोलको गीत मंगलबार सार्वजनिक भएको हो ।

‘स्मिृति’ एल्बममा समावेश गरिएको उक्त गीतमा गायिका राईलाई गायक भुपु पाण्डेले साथ दिएका छन् । राजेश अर्यालको शब्द रहेको सो गीतमा संगीत संयोजन भुपु पाण्डेकै रहेको छ ।
यस्तै गीतको भिडियोमा भने सागर थापा र मनिषा तामाङ फिर्चड छन् । अभिनाश मानन्धरको छायांकनमा बनेको उक्त भिडियो अनिलकृष्ण मानन्धरले निर्देशन गरेका छन् ।

प्रतिक्रिया

Loading...