‘चुरोट र गाँजा’ भन्दै यसरी नाचिन् करिष्मा ढकाल (भिडियो)


विराटनगर, मंसिर ११
चर्चित मोडल करिष्मा ढकालको अभिनय तथा नृत्य रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोमा देखिरहने उनको अभिनयमा रहेको ‘चुरोट र गाँजा’ बोलको गीत युटुबमार्फत् सार्वजनिक भएको हो ।

पछिल्लो समय म्युजिक भिडियोको पहिलो रोजाईमा परेकी करिष्मालाई अभिनयमा चक्र बम तथा गोपी रावलले साथ दिएका छन् । भिडियोमा यी कलाकारको धमाकेदार नृत्य देख्न सकिन्छ । बी स्टार फिल्मस्को पोष्ट प्रोडक्सनमा बनेको सो भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् । यस्तै भिडियो मिलन विश्वकर्माको सम्पादनमा बनेको छ ।

यस्तै गीततर्फ भने मोडल चक्र बमको शव्द रचना रहेको छ । यस्तै उनकै संगीतमा बनेको सो गीतमा मेघजन कडायतले आवाज भरेका हुन् भने अराज केशवले र्याप हानेका छन् ।

प्रतिक्रिया

Loading...