१० फोटोमा हेर्नुस्, ४२ जनाको ज्यान लिने क्यालिफोर्नियाको ‘कहालीलाग्दो’ डढेलो !

एजेन्सी, कात्तिक २७
अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको डढेलोका ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ । त्यहाँका अधिकारीले ४२ जनाको ज्यान गएको पुुष्टि गरेको बिबिसीले जनाएको छ । डढेलोमा परी अझै २ सयभन्दा जना हराइरहेका छन् ।

अहिले डढेलोबाट प्रभावित क्षेत्रमा उद्धार तथा सहयोगको काम जारी छ । राष्ट्रिय मौसम सेवाले यस हप्ताभर नै हावाहुरी आउने र सुख्खा अवस्था रहने अनुमान गरेका छन् । र, उनीहरूले सचेत रहन भनेका छन् ।

बिबिसीका अनुसार थप १३ जनाको शव फेला परेपछि मृत्यु हुनेको संख्या ४२ पुगेको काउन्टीका प्रहरी अधिकारी सेरिफ कोरी होनेआले बताएका छन् । यसअघि २९ व्यक्तिको मृत्यु भएको बताइएको थियो ।

बेपत्ता २ सय भन्दा बढीको खोजी, उद्धार र आगो निभाउने कार्यमा करिब ८ हजार अग्निनियन्त्रक खटिएका छन् । डढेलोका कारण उत्पन्न धूँवाले धेरै माइल टाढासम्म आकाश ढाकेको र सूर्यको प्रकाश मुस्किलले मात्र देखिएको बताइएको छ ।

डढेलोका कारण अस्पताल, ग्याँस स्टेसन, रेस्टुरेन्टलगायत गरी छ हजार ७ सयभन्दा बढी भवन क्षतिग्रस्त भएको बताइएको छ ।

प्रतिक्रिया

Loading...