‘जात्रै जात्रा’को टिजर सार्वजनिक, विपिन र रविन्द्रका साथमा दयाहाङ पनि देखिए (टिजरसहित)

0


विराटनगर, कात्तिक २५
‘जात्रा’को अपार सफलतापछि निर्देशक प्रदीप भट्टराईले ‘जात्रै जात्रा’को टिजर सार्वजनिक गरेका छन् । ‘जात्रा’को टोलीमा नायक दयाहाङ राईलाई थप्दै ‘जात्रै जात्रा’को टिजर रिलिज गरिएको हो ।

शनिबार सार्वजनिक गरिएको टिजरमा फिल्मका मुख्य तीन पात्र विपिन कार्की, रविन्द्र झा र रविन्द्रसिंह बानियाँलाई भाग्दै गरेको र नायक दयाहाङ राईलाई खेदाउँदै गरेको देख्न सकिन्छ ।

चलचित्रमा विपिन, रविन्द्र सिंह बानियाँ, रविन्द्र झाबाहेक प्रकाश घिमिरेर सोहित मानन्धरको मुख्य भूमिका रहेको छ । चलचित्रको कथा निर्देशक भट्टराई आफैंले तयार पारेका छन् । कलाकार रविन्द्रसिंह कार्यकारी निर्माता रहने छन् । यस्तै सिंगे लामा र यादव पौडेल निर्माताको रुपमा रहनेछन् भने ।

चलचित्रको प्रदर्शन मिति फागुन १७ गतेलाई तय गरिएको छ । यो मितिमा अनमोल केसीको ‘क्याप्टेन’ पनि रिलिज हुँदैछ ।

 

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW