यस्तो बन्यो आशिरमान र शिल्पाको ‘द ब्रेकअप’को पहिलो पोस्टर

0

विराटनगर, कात्तिक २४
नायक आशिरमान देशराज जोशी र शिल्पा मास्केको मुख्य भुमिका रहेको चलचित्र ‘द ब्रेकअप’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ ।

पौष २७ गते बाट प्रर्दशनमा आउने तयारीमा रहेको यस फिल्मको सार्वजनिक पोस्टरमा आशिरमान र शिल्पालाई देखाइएको छ । जो निकै रोमान्टिक मूडमा देखिएका छन् । यसअघि यस फिल्मको ‘आज हाम्रो भेट भाको दिन’ बोलको गीत सार्वजनिक भएको थियो ।

फिल्ममा आशिरमान, शिल्पाबाहेक सरोज खनाल, रेमनदास श्रेष्ठ, इच्छा कार्कीलगायतको भूमिका छ । चलचित्रमा हेमराज वीसीको निर्देशन रहेको छ भने नरेन्द्र मैनालीको छायांकन छ । चलचित्रमा रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक वीसीको संयुक्त लगानी रहेको छ भने सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।

नेपाल र अष्ट्रेलियामा छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक बिसीको नै हो ।

 

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW