चारजना नायिकालाई लिएर ‘मंगल मिसन’को तयारीमा जुटे अक्षय कुमार

0


विराटनगर, कात्तिक २०
बलिउड अभिनेता अक्षय कुमारले एकैसाथ चार अभिनेत्रीसँग रोमान्स गर्ने भएका छन् । उनले अभिनेत्रीहरु सोनाक्षी सिन्हा, विद्या वालन, तापसी पन्नु र निथिया मेननका साथमा नयाँ फिल्ममा रोमान्स गर्ने भएका हुन् ।

अक्षय कुमारले गर्ने नयाँ फिल्मको नाम ‘मिशन मंगल’ हो । अक्षय, विद्या, सोनाक्षी, तापसी र निथियाबाहेक यस फिल्ममा श्ररमन जोशी पनि देखिनेछन् ।

सोमवार अक्षय कुमारले यस फिल्मका स्टार कास्टको बारेमा आधिकारिक रुपमा खुलासा गरेका छन् । उनले आफ्नो ट्वीटर अकाउन्टमा एक तस्बिर शेयर गर्दै आधिकारीक जानकारी दिए ।

यस फिल्ममा अक्षय र विद्याले १२ वर्षपछि संगै काम गर्ने भएका छन् । यसअघि उनीहरूले ‘हे बेबी’ मा एकसाथ काम गरेका अक्षय र विद्या अब सन् २०१९ बाट छायांकन सुरु हुने चलचित्र ‘मंगल मिशन’ मा देखिने भएका हुन् ।

 

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW