आयुष्मानको ‘बधाई हो’ सय करोड क्लबमा सामेल

0


विराटनगर, कात्तिक २०
बलिउड अभिनेता आयुष्मान खुरानाको मुख्य भूमिका रहेको फिल्म ‘बधाई हो’ सय करोड क्लबमा सामेल भएको छ । यस फिल्मले बक्स अफिसमा १०० करोड रुपयँभन्दा धेरै कारोबार गरेको भारतीय मिडियाले जनाएका छन् ।

‘बधाई हो’ रिलीज भएको १७ दिनमा नै १०० करोडमा सामेल भएको थियो । यो जंगली पिक्चर्सको १०० करोड क्लबमा सामेल हुने दोस्रो फिल्म हो । यसअघि आलिया भट्ट अभिनित फिल्म राजी १०० करोड क्लबमा सामेल भएको थियो ।

‘बधाई हो’ मा आयुष्मानले एक छोराको भूमिका निभाएका छन् । समाजको रुढीवादी सोचले बुवा र आमाले धमाधम सन्तान जन्माएपछि हैरान भएका पात्रको भूमिका उनले निभाएका छन् ।

फिल्ममा आयुष्मानका साथमा सानिया मल्होत्रा, सुरेखा सीकरी, नीना गुप्ता र गजराज रावले मुख्य भूमिका निभाएका छन् ।

 

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW