आमिर र अमिताभ अभिनित ‘ठग्स अफ हिन्दुस्तान’को टिकटको भाउ बढ्यो

0

विराटनगर, कात्तिक २०
आउँदो बिहीबार अर्थात् नोभम्बर ८ बाट बलिउड अभिनेताद्वय आमिर खान र अमिताभ बच्चनको मुख्य अभिनय रहेको चलचित्र ‘ठग अफ हिन्दोस्तान’ प्रदर्शनमा आउने भएको छ । निकै नै बहुप्रतिक्षित रहेको सो चलचित्रको टिकटको दाम महंगिने भएको छ ।

यसको प्रमुख कारण भनेको हिन्दूहरुको महान् पर्व तिहार अर्थात् दीपावली नै हो । बलिउडमा चाडपर्वको समयमा स्टार अभिनित फिल्मको टिकट सधैं नै महंगिने गर्दछ । चाडपर्वका बेला रिलिज हुने स्टारका चलचित्रको टिकट लिँदा दर्शकले लगभग दोब्बर दरमा काट्नुपर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस विषयमा आमिर खानले आफू यसबारे जानकार नरहेको बताएका छन् । उनले आफू चलचित्रको प्रमोशनमा व्यस्त रहेकाले यसबारे थाहा नभएको बताएका छन् । उनले आफ्नो चलचित्र सबै बर्गका दर्शकले हेरुन भन्ने चाहाना रहेको बताएका छन् ।

भारत र ब्रिटेनबीच भएको युद्धको कथालाई उठान गरेको यस फिल्ममा अमिताभ र आमिरलाई नायिकाद्धय फतिमा शेख, कट्रिना कैफले साथ दिएका छन् । यशराज ब्यानरमा बनेको यस फिल्म विजय कृष्ण आचार्यले निर्देशन गरेका हुन् भने यस फिल्ममा आमिर खान (फिरंगी) र अमिताभ बच्चन (खुदाब्कस) क्याटरिना कैफ र फातिमा सना शेख (जाफिरा) को भुमिकामा छन् ।

 

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW