नेपाली बालबालिकाको कथामा आधारित प्रियंकाको फिल्म ‘पाहुना’ मंसिर २१ देखि

0


विराटनगर, कात्तिक २०
तीन नेपाली बालबालिकाको कहानीमा आधारित फिल्म ‘पाहुनाः द लिटिल भिजिटर’ मंसिर २१ अर्थात् आउँदो डिसेम्बर ७ देखि प्रदर्शनमा आउने भएको छ । एक पोस्टर सार्वजनिक गर्दै निर्मात्री चोपडाले यस चलचित्रको प्रदर्शन मिति घोषणा गरेकी हुन् ।

प्रियंकाले ट्वीटरमार्फत् यस फिल्मको रिलिज डेट घोषणा गर्दै लेखेकी छन्, ‘अन्ततः प्रतिक्षा सकियो । ‘पाहुनाः द लिटिल भिजिटर्स’ सात डिसेम्बर २०१८ मा देशको सबै थिएटरमा रिलिज हुँदैछ र म यो खुसीको खबर दिन प्रतिक्षा गर्न सक्दिनँ ।’

‘पाहुना’ तीन नेपाली बालबालिकाको कथामा आधारित छ । आफ्नो बुबा–आमाबाट छुट्टिएर पनि आफ्नो हिम्मत, माया र साहसले आफ्नो घर आइपुग्छन् । चलचित्रले नेपालमा माओवादी आन्दोलनबाट बचेर सिक्किम पुगेका बच्चाको कथा वाचन गरेको छ । चलचित्र सिक्किम भाषामा बनेको छ ।

पाखी वा टेरेबालेले यस फिल्मलाई निर्देशन गरेका हुन् भने फिल्मका निर्माण प्रियंका र उनकी आमा मधु चोपडाले गरेकी हुन् ।

यस फिल्मले अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा दुई पुरस्कार पनि हात पारेको छ । फिल्म युरोपीयन बाल फिल्म पुरस्कार र प्रोफेसनल जुरी फिचर फिल्म इन्टरनेसनल श्रेणीको पुरस्कारमा विशेष उल्लेख भएको थियो ।

 

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW