साम्राज्ञीलाई चलचित्रको थुप्रोः १५ लाख पारिश्रमिक लिएर नयाँ चलचित्र खेल्दै

0

विराटनगर, कात्तिक २०

नायिका साम्राज्ञी राज्य लक्षी शाहलाई चलचित्रको अफरै अफर छ । भर्खरैमात्र प्रदर्शनमा आएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ पनि हिट भएपछि उनलाई चलचित्रको घुँइचो लागेको हो ।

नायक अनमोल केसीको चलचित्र ‘ड्रिम’बाट नेपाली चलचित्र क्षेत्र प्रवेश गरेकी उनले लगातार ४ चलचित्र हिट दिएका कारण पनि साम्राज्ञीले नम्बर वान हिरोइनको उपमा पाएकी छन् ।

‘ड्रिम’ पश्चात ‘ए मेरो हजुर २’, ‘तिमी सँग’ र ‘इन्टु मिन्टु लण्डनमा’लगायत चार चलचित्रले उनलाई एक सफल नायिका बनाइदिएको छ । यसैकारण पनि निर्माता तथा निर्देशक विभिन्न फिल्म लिएर उनीकहाँ आउने गरेका छन् ।

यसैबीच उनले एक नयाँ फिल्ममा साइन गरेकी छन् । पुनम इन्टरटेनमेन्टले निर्माण गर्न लागेको नयाँ फिल्मका लागि उनले १५ लाख पारिश्रमिक लिएर साइन गरेको हल्ला चलेको छ । उनले भर्खरै दिएको हिट फिल्मपछि आएका १० फिल्मलाई छोड्दै सो नयाँ चलचित्रमा साइन गरेको बताइएको छ ।

उनले फेसन डिजाईनरका रुपमासमेत परिचित पुनमको फिल्ममा साइन गरेकी छन् । यद्यपि, फिल्मको नाम भने जुराईसकीएको छैन । प्राप्त जानकारी अनुसार यस नयाँ फिल्मलाई नवल नेपालले निर्देशन गर्ने छन् ।

माघबाट छायांकनको काम सुरू हुने यस चलचित्रको बाँकी कलाकार र नाम एक औपचारिक कार्यक्रम गर्दै सार्वजनिक गर्ने निर्माण टिमको तयारी रहेको छ । यस फिल्ममा पुष्पल खड्का र रेविका गुरुङ पनि प्यारालल रोलमा देखिने छन् ।

फिल्मको स्क्रिप्ट गोविन्द फुयालले लेखेका हुन् भने फिल्ममा सञ्जय लामाले क्यामेरा सम्हाल्नेछन् भने अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहनेछ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW