पुस २७ देखि ‘भिलेन’ बन्दै निखिल उप्रेती !

0

 

विराटनगर, कात्तिक २०
नायक निखिल उप्रेतीको मुख्य भूमिका रहने चलचित्र ‘भिलेन’को पोष्टर सार्वजनिक भएको छ । यससँगै निखिलको उक्त चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरिएको छ ।

आउँदो पुस २७ बाट प्रदर्शन मिति तय गरिँदै सार्वजनिक गरिएको यस फिल्मको पोस्टरमा निखिललाई आँखामा रातो चस्मा र निधारमा रातो टिका लगाएका देख्न सकिन्छ ।

चलचित्रमा निखिलबाहेक शिल्पा पोख्रेल, निशा अधिकारी र कपिल खत्रीको पनि अभिनय रहने छ । देवेन्द्र पाण्डेको निर्देशनमा बनेको यस चलचित्रलाई बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन् ।

चलचित्रमा दीपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माताको रुपमा रहेका छन् भने राजकुमार श्रेष्ठ सह–निर्माता हुन् ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW