नेकपाको चियापान कार्यक्रम : मिठाइ, निम्की र चियाले पाहुनाको स्वागत ! (फोटो फिचर)

काठमाडौं, कात्तिक १०
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आयोजना गरेको चियापान कार्यक्रम अहिले काठमाडौंको भृकुटीमण्डपमा जारी छ । विजयादशमी, दीपावली, नेपाल सम्वत र छठका अवसरमा पार्टीले बृहत् चियापान कार्यक्रम आयोजना गरेको हो ।

चियापान कार्यक्रममा संवैधानिक निकाय, राजनीतिक दल, नागरिक समाज, कूटनीतिक क्षेत्रका अधिकारीदेखि विभिन्न क्षेत्रका विशिष्ट पाहुनालाई डाकिएको छ ।

पार्टीले चियापानका लागि करिब ५० हजार पाहुनालाई निम्ता पठाएको जनाएको छ । कार्यक्रम साँझ ५ बजेसम्म चल्ने पार्टी स्रोतले बताएको छ ।

चियापान कार्यक्रममा अहिले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लगायत शीर्ष पाहुनालाई स्वागत गरिरहेका छन् ।

प्रतिक्रिया

Loading...