यस्तो देखियो हिमालको काखमा विश्वकपको ट्रफी (फोटो फिचर)

पोखरा, कात्तिक १०
आइसिसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी पहिलोपटक नेपाल ल्याइएको छ । ट्रफीलाई आज पोखरा ल्याएर प्रदर्शन गरिएको हो । अघिल्लो दिन काठमाडौंको स्वयम्भूमा पहिलोपटक सार्वजनिक गरिएको ट्रफी आजमाछापुच्छ्रे र अन्नपूर्ण हिमालको काख पोखरामा ल्याएर प्रदर्शन गरियो ।

ट्रफीलाई आजै ट्रफी पोखरा रंगशालाको क्रिकेट मैदानमा पनि सार्वजनिक गरिएको छ । ट्रफी नेपाली राष्ट्रिय टोलीका कप्तान क्याप्टेन पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ललगायत खेलाडीको उपस्थितिमा सार्वजनिक गरियो ।

आइसिसीको एक दिवसीय विश्वकप अर्को वर्ष इङ्ल्यान्ड र वेल्समा हुँदैछ । सोही प्रतियोगिताको ट्रफी पहिलोपटक नेपाल ल्याइएको हो । ट्रफी यसअघि ओमन, अमेरिका, वेस्ट इन्डिज, पाकिस्तान र बंगलादेशमा प्रदर्शन गरिसकिएको छ ।

प्रतिक्रिया

Loading...