निकले प्रियंका चोपडाका लागि किनिदिए ६५० करोडको आलिशान महल ! (फोटो फिचर)

एजेन्सी, कात्तिक ७
केही समयअघि मात्रै भारतको मुम्बईमा इन्गेजमेन्ट गरेपछि निक जोनसले बलिउड नायिका प्रियंका चोपडाका लागि निकै भव्य र महँगो महल खरिद गरिदिएका छन् । भारतीय मिडियाका अनुसार बिहेपछि बस्ने गरी निकले प्रियंकाका लागि सुविधासम्पन्न विशाल महल किनिदिएका हुन् ।

केही समयअघि औंठी साटेका प्रियंका र निकले बिहेको मिति घोषणा गरिसकेका छैनन् । तर, उनीहरूले अर्को वर्ष लगनगाँठो कस्ने चर्चा छ ।

निक अमेरिकाका चर्चित गायक हुन् । उनले प्रियंकाका लागि भनेर केही समयअघि नै उक्त महल किनेको बताइएको छ ।

खबरअनुसार यस्तो भव्य महल अमेरिकाको बेवर्ली हिल्ससँगै रहेको छ । यसको मूल्य ६५० करोड भारतीय रुपैयाँ रहेको खबरमा दाबी गरिएको छ ।

उक्त महल ४ हजार १ सय २९ स्क्वायर फिटमा फैलिएको छ । हालसालै प्रियंकाले उक्त महलका तस्बिर सामाजिक सन्जाल इन्स्टाग्राममा पोस्ट गरेकी छन् ।

प्रतिक्रिया

Loading...