fbpx

‘बलात्कारीलाई फासी होइन्, त्यो भन्दा ठूलो सजाय हुनुपर्छ’


लेखक– लुना पराजुली, विराटनगर ।
असोज, २८
महिनौंअघि कञ्चनपुरको भिमदत्त नगरपालिकामा एक १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भयो । गत साउन १० गते साथीकहाँ जान भनेर हिँडेकी निर्मला भोलिपल्ट बलात्कारपछि मृत अवस्थामा भेटिएकी थिइन् ।

भिमदत्त नगरपालिका– २ खोल्टीकी निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा प्रहरीले दिलीपसिंह विष्टलाई पक्राउ गरी कारवाही सुरू गर्यो । तर, प्रहरीले मानसिक अवस्था ठिक नभएका विष्टलाई कारबाही गरी वास्तविक आरोपीलाई उन्मुक्ती दिन खोजेको भन्दै स्थानीहरुले विरोधस्वरुप आन्दोलन गरे ।

आन्दोलन चर्कियो, धेरै दिन कफ्र्यू पनि लाग्यो । आन्दोलनले उग्ररुप लिँदा भएको झडपमा प्रहरीको गोली लागेर भीमदत्त नगरपालिका–१८ का भगतपुरका सनी खुनाले शहादत प्राप्त गरेका थिए ।

घटनाले दोस्रो महिना टेकेर तेस्रो महिनामा प्रवेश गर्न लागेका बेलामा गृहमन्त्रालयले घटनाको प्रतिवेदन त सार्वजनिक गर्यो तर दोषी पत्ता लागेको छेन । यस घटनालाई लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

केही दिनअघि सार्वजनिक गरिएको प्रतिवेदनमा प्रहरीले नै घटना गुपचुप राख्न खोजेको आरोप लागेको छ । तर, प्रहरीका आइजीपीलगायतले प्रहरीले राम्रो काम गरिरहेको र नेपाल प्रहरी विश्वकै उत्कृष्ट प्रहरी बन्न सक्ने सम्भावना छ भनी विगुल फुक्ने क्रम जारी नै छ ।

यो त एक नमुना घटना हो । १३ वर्षीया निर्मलाभन्दा कलिला बालिकाहरु बलात्कारीको शिकार भएका छन् । केहीदिन मात्रअघि एक ९ महिने शिशु बलात्कृत भइन् भन्ने खबर सार्वजनिक हुँदा इलाममा मामाले भान्जीलाई आफ्नो शिकार बनाए । केही दिनअघि बाबुले छोरीलाई नरसंहार रुप देखाएको घटना सार्वजनिक हुँदा मानसिक सन्तुलन ठिक नभएकी एक नारीमाथि पाँच युवा खनिएका घटना बाहिरियो ।

यसरी बलात्कार र करणीको घटना बाहिर आइरहँदा बलात्कारीलाई फासीको सजाय होस् भन्ने मागसहित विभिन्न स्थानहरुमा आन्दोलन पनि भइरहेका छन् । बलात्कारको घटनासँगै एक विरोध अभियन्ताले आफूले बलात्कारीलाई फासी दे भन्दै विरोध मात्र गरिनन् उनले विरोधस्वरुप आफ्नो छदाँखाँदाको कपाल पनि काटिन् । छोरी मान्छेको गहना मानिने कपाल उनले बलात्कारीलाई फासी हुनुपर्छ भन्ने माग राख्दै नेतृत्व सम्हालेर सामूहिक मुण्डन गरिन् ।

मुलुकी ऐन अनुसार बलात्कारको परिभाषा र सजा
भदौ १ गतेदखि नयाँ मुलुकी ऐन लागू भयो । तर, यसअघिको मुलुकी ऐनमा कोही कसैले कुनैपनि महिलालाई उसको मञ्जुरी नलिई यौनसम्पर्क गरेमा वा १६ वर्षभन्दा कम उमेरकी बालिकालाई उसको मञ्जुरी लिएरै यौनसम्पर्क गर्दा पनि बलात्कार ठहरिने उल्लेख गरेको थियो । तर, भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐनमा मञ्जुरी लिएरै गरे पनि मान्य नहुने अवधि १६ वर्षबाट बढाएर १८ वर्ष बनाइएको छ ।

हालको मुलुकी ऐनले योनीमा केही मात्र योनी प्रवेश गराए पनि बलात्कार भएको मानिने पुरानो व्यवस्थालाई कायम राख्दै थप दुई वटा व्यवस्था पनि थपेको छ । नयाँ मुलुकी ऐनले मुख मैथुन गराएमा र गुद्द्वारा करणी भएमा पनि बलात्कार मानिने व्यवस्था ल्याएको छ ।

यसैगरी सजायतर्फ भदौ १ गतेदेखि लागू भएको मुलुकी ऐनले बलात्कारीलाई आजीवन जेल सजाय तोकेको छ । जवर्जसस्ती जस्तो जघन्य घटना गर्ने कसुरदारलाई २० वर्षसम्मको कैद तोकेको छ । बाल बलात्कारमा हाल कायम रहेको कैदलाई ढाएर २० वर्ष पुर्याइएको हो । यसैगरी पीडितले अन्तरिम क्षतिपूर्तिको व्यवस्था पाउने संहितामा उल्लेख गरिएको छ ।

यसैगरी संहितामा देवरले भाउजू वा जेठाजुले भाइ बुहारी करणी गरेमा चार वर्षदेखि १० वर्षसम्म कैद र एक लाखसम्म जरिवाना हुने उल्लेख गरेको छ । एकै हाँगाका जेठाजु र भाइ बुहारी तथा देवर भाउजू, एकै हाँगाका बाजे नातिनी र पनातिनी, एकै हाँगाका ससुरा बुहारी करणी भएमा सोहीअनुरुपको कारबाही हुने ऐनमा उल्लेख छ ।

यस्तै ‘सौतेनी आमा छोरा वा बाबु छोरी, सहोदर दिदी भाइ वा दाजुबहिनीलाई चार वर्षदेखि १० वर्षसम्म कैद र १ लाख जरिवाना हुनेछ भने हाडनाता करणीमा अपराधीलाई जन्मकैदको व्यवस्था गरेको हुने भएको छ ।

एकै हाँगाको तीन पुस्ताभित्रको करणी भएमा ३ वर्षदेखि छ वर्षसम्म कैद र ६० हजार रुपैयाँसम्म जरिबानाको व्यवस्था कानुनले गरेको छ । वंशका सात पुस्तासम्मका अन्य नातामा करणी भएमा हाँगो, नाता र पुस्ता हेरी ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुने ऐनमा उल्लेख छ ।

सजाय के त ?
हाल दिनानुदिन बलात्कारको घटना सार्वजनिक हुँदै जाँदा प्रत्येक नेपालीले बलात्कारीलाई फासी कै सजाय हुनुपर्ने माग गरेका छन् । सरकारलाई बलात्कारीलाई फासी नै हुनुपर्छ भनेर सडकदेखि सदन र सामाजिक सञ्जालको कमेन्ट बक्सदेखि स्टाटससम्म यहीं माग उठिरहेको छ । बलात्कारविरुद्धका केही अभियन्ताहरुले त यहीं माग राख्दै सडकमा पेटिकोट लगाएर उत्रिँदै दबाब राख्ने कार्यक्रम गरे । उनीहरुले कपाल काटेर विरोध जनाए । जनताहरु आक्रोशित बने र फासीको सजया नै अन्तिम विकल्पका रुपमा माने ।

तर, फासी नै यसको सजाय हो त ? यस विषयमा विभिन्न कानुनविदहरुले आफ्नै आफ्नै व्याख्या विश्लेषण गरेका छन् । कसैले फासी नै उत्तम विकल्प नभएको बताएका छन् भने कसैले फाँसी नै यसको अन्तिम र उत्तम विकल्प भएको जिकिर गरेका छन् ।

आवेशमा होस् या आक्रोसमा होस् । मैले भने यसमा अझ कडा र आक्रोशित् कुरा बुझेकी छु । म एक नारी भएको हैस्सियतले हामीलाई कस्तो पीडा हुन्छ भनेर मैले बुझेकी छु । हामी नारीलाई सधैं कमजोर ठानिन्छ, पुरुषहरुले आफूलाई मूल जगको रुप ठान्दै हामी नारीलाई त्यसमा अडिएको इँट भन्ने बुझ्छन् । हामीले पुरुष कै सहारामा बाँच्नुपर्ने, महिलाहरु सँधै लिमिटेशन मै बस्नुपर्ने जस्ता कुराहरुले बाँधेको छ ।

यदी पुरुषहरुले झैं एउटी महिलाले पनि बाहिरफेर बुझ्ने, बाहिरको माहोलसँग जुध्ने हो भने आफूलाई बलियो रुपमा स्थापित गराउँदै महिला आफैंले यस कुरालाई नियन्त्रण गर्न सक्छन् । यसैगरी अन्य विकसित देशमा पनि यस्ता प्रकारका घटनाका दोषीलाई कडा भन्दा कडा सजाय छ । नेपालमा पनि यस्तो प्रकृतिको सजाय त छ तर, नेपालमा कुनै राजनीतिक व्यक्तित्वका कारण अपराधिले पूर्ण सजाय नभोगी वा दोषी नै अठहरी खुलेआम हिडिँरहेको छन् । हामी प्रयाः मानिस अहिले सामाजिक सञ्जालको प्रयोगकर्ता बनिसकेका छौं । सामाजिक सञ्जालमा कहिलेकाँही बलात्कारलाई स्थानीयले जिउँदै जलाएको वा सार्वजनिक स्थलमा झुण्ड्याएर ज्यान लिएको घटना पनि छ ।

केही समय अघि भारतको एक स्थानमा आफ्नी बहिनीको बलात्कारीको टाउको काटेर टाउकोसहित प्रहरी चौकी पुगेको घटना हामीबीच छ । नेपालमा पनि कोही एकजनालाई यस्तै प्रकृतिको सजाय दिनुपर्छ र मिडियामा यो भिडियोलाई सार्वजनिक गर्नुपर्छ । र, मात्र यसको डरले यस्ता घटना निर्मुल हुन्छन् ।

फासी त अपराधिका लागि सहज सजाय हो किनकी उसले सस्तो मृत्यु पाउँछ । तर, एक अपराधिलाई सार्वजनिक स्थलमा प्रत्येक मिडियामा लाइभ देखाउँदै मृत्युवरण गराइदिँदा यस्ता प्रकृतिका घटनाहरु नियन्त्रित हुन्छन् भन्ने मेरो धारणा छ ।

प्रतिक्रिया

three + 19 =

Loading...