fbpx

जोखिममा फेसबुक : ३ करोड प्रयोगकर्ताको विवरण चोरी, अझै डेढ करोड जोखिममा !

एजेन्सी, असोज २७
विश्वमा सबैभन्दा बढी प्रयोग हुने सामाजिक सन्जाल फेसबुकको करिब २ करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरण ह्याकरले कब्जा गरेको खुलासा भएको छ । केही समयअघि मात्रै फेसबुकले यसअघि साइबर आक्रमणकारीले ५ करोड प्रयोगकर्ताका एकाउन्ट निशानामा पारेको बताएका थियो ।

त्यसको केही समयपछि नै निकै ठूलो संख्यमा मानिसका व्यक्तिगत विवरण चोरी भएको खुलासा भएको हो । ‘अहिले हामीले के थाहा पाएका छौं भने सोचिएभन्दा केही कम व्यक्तिलाई असर परेको छ,’ फेसबुकका उपाध्यक्ष गाए रोसेनले भनेका छन् ।

उपाध्यक्ष रोसेनका अनुसार ह्याकरले अझै १ करोड ५० लाखभन्दा बढी फेसबुक प्रयोगकर्ताको नाम, फोन नम्बर र इमेल ठेगाना ह्याक गरेर कब्जामा लिएका छन् ।

फेसबुकले अन्य १ करोड ४० लाख प्रयोगकर्ताका निजी विवरण जोखिमा रहेको पनि जनाएको छ ।

फेसबुकले साइबर आक्रमणकारीले प्रयोगकर्ताका अरू विवरण जस्तै लिंग, धर्म, गृहनगर, जन्ममिति र स्थान तथा हालै भ्रमण गरेका ठाउँको पनि संकलन गरेर विवरण संकलज गरेका छन् ।

अमेरिकाको क्यालिफोर्नियास्थित फेसबुक कम्पनीले आफ्ना प्रयोगकर्ताको विवरण चोरी भएको खुलेपछि अमेरिकी संघीय जाँच ब्युरो, अमेरिकी संघीय व्यापार आयोग, आइरिस डाटा प्रोटेक्सन कमिसनलगायतसँग छलफल थालेको छ ।

प्रतिक्रिया

Loading...