‘छक्का पञ्जा ३’को कमाइ ३ दिनमा ३ करोड ३७ लाख !

0


विराटनगर, असोज २७
दशैंको छेको पारेर घटस्थापनको दिन प्रदर्शन गरिएको ‘छक्का पञ्जा ३’ ले व्यापारमा तहल्का पिट्दैछ । देशका २ सय हलहरुमा प्रदर्शन गरिएको यस चलचित्रले तेस्रो दिनसम्म आइपुग्दा ३ करोड ३७ लाख कलेक्सन गरेको निर्माण पक्षले जानकारी दिएको छ ।

पहिलो दिनमा १ सय ३० करोडको व्यापार गरेको यस फिल्मले दोस्रो दिनमा ८० लाख भन्दा माथिको व्यापार गरेको निर्देशक दीपाश्री निरौलाले जनाएकी थिइन् । यस्तै यस फिल्मले तेस्रो पनि बम्पर कलेक्सन कायमै राखेको निर्माण पक्षले जनाएको छ ।

दीपाका अनुसार दुई दिनमा चलचित्र २ करोड ग्रस कलेक्शन गर्न सफल भएको यस फिल्मले क्रिटिक्सहरुबाट समेत राम्रो प्रसंसा बटुल्न सफल भएको छ । पहिलो दिन मोफसलतर्फ यो फिल्मले ५७ लाख र राजधानी टेरिटोरीबाट ७४ लाख कमाएको थियो ।

यो तीन दिनमा फिल्मले मोफसलतर्फ मात्रै १ करोड ५० लाख कारोबार गरेको छ । यस्तै राजधानीतर्फ १ करोड ८७ लाख कलेक्सन गरेको छ । तसर्थ यो तीन दिनको कूल कलेक्सन जोड्दा यस फिल्मले ३ करोड ८७ लाख कलेक्सन गरेको हो ।

यस्तै आज शनिबार पनि र दशैंको छुट्टिका कारण बिहानैदेखि हल–हलमा दर्शकको बाक्लो उपस्थिती देखिएको छ । २ करोड लागतमा बनेको यो फिल्मले न्यू मिडिया राईटस् र ओभरसिज राईट्स बेचेर १ करोड उठाईसकेको छ । यस्तै आईएमइलगायतका विभिन्न ब्रान्डसंग सहकार्य गरेर ८० लाख रुपैयाँ उठाएको थियो ।

निर्देशक निरौलाका अनुसार पहिलाभन्दा धेरै मेहनत गरेकाले दर्शकले यस चलचित्रलाई माया गरेको बताएकी छन् । यस चलचित्रले नेपालको पछिल्लो शैक्षिक बेथितिको विषय उठान गरेको छ । फिल्ममा दीपकराज गिरी, शिवहरि पौडेल, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाईं, बुद्धि तामाङ, विल्सनविक्रम राईलगायतले मुख्य भूमिकामा काम गरेका छन् ।

त्यसैगरी, फिल्ममा अतिथि कलाकारका रूपमा प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, सन्जोग कोइरालाले पन अभिनय गरेका छन् ।

 

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW