यौन शोषणकै कारण ‘हाउसफूल ४’ रोकियो, अक्षयले लिए यस्तो निर्णय !

0


विराटनगर, असोज २६
यौन शोषणको विरोधमा बलिउड सेलिब्रेटीले मिटू अभियान चलाए । यसको असर अभिनेतादेखि लिएर निर्माता एवं निर्देशकम्म पर्यो । यसैक्रममा निर्देशक साजिद खान पनि फसे । जसका कारण साजिदको आउँदै गरेको फिल्म ‘हाउसफूल ४’ का निर्माताहरुले उनीविरुद्द कदम उठाए ।

एक दिनअघि अभिनेत्री सलोनी चोपडाले निर्देशक साजिद खानमाथि यौन शोषणको आरोप लगाएकी थिइन् । सलोनीले साजिद मात्र नभएर ‘क्वीन’ का निर्देशक विकास बहलको पनि नाम लिएकी थिइन् । यसै कारण साजिदले ‘हाउसफूल ३’ बाट हात झिकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच अभिनेता अक्षयले सो फिल्मको सुटिङ रोक्ने निर्णय लिएका छन् । एकट्वीटमा अक्षयले लेखेका छन्, ‘म गतराति मात्र बाहिरबाट आएँ । तर, यहाँ समस्या आएको रहेछ । म हाउसफूल ३’का प्रोड्युसरहरुसँग यस समस्याको हल ननिस्केसम्म सुटिङ रोकिदिनुहुन आग्रह गर्दछु । यो यस्तो घटनामा कारबाही हुनैपर्छ । म त्यस्तो दोषीसँग काम गर्न चाहान्न । जो यस घटनाबाट पीडित भएका छन् उनीहरुलाई न्याय मिल्नैपर्छ ।’

यसअघि तनुश्री दत्ताले नाना पाटेकरमाथि यौन शोषणको आरोप लगाएकी थिइन् । र, नाना पनि पहिलो पटक ‘हाउसफूल’को सिरिजमा जोडिन लागेका थिए । यसैक्रममा साजिद खानमाथि आरोप लागेपछि उनले निर्माता साजिद नाडियावाला र अक्षयलाई भेटेर आफूले हाउसफूल ४ छोड्ने बताएका थिए ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW