fbpx

दोस्रो दिनमा पनि ‘छक्का पञ्जा ३’को कमाई उस्तै व्यग्र, हेर्नुस् यति कमायो !


विराटनगर, असोज २६
गत बुधबार घटस्थापनको दिनदेखि देशका २ सय हलहरुमा प्रदर्शन गरिएको फिल्म ‘छक्का पञ्जा ३’ले बम्पर कमाई गरिरहेको छ । पहिलो दिनमा १ सय ३० करोडको व्यापार गरेको यस फिल्मले दोस्रो दिनपनि बम्पर कलेक्सन कायमै राखेको निर्माण पक्षले जनाएको छ ।

निर्माण पक्षका अनुसार बुधबार यो चलचित्रले देशैभर हाउसफूलको व्यापार गरेको थियो भने दोश्रो दिन अर्थात् बिहीबार पनि यस चलचित्रले ८० लाख माथिको व्यापार गरेको चलचित्रकी निर्देशक दीपाश्री निरौलाले जानकारी दिएकी छन् ।

उनका अनुसार दुई दिनमा चलचित्र २ करोड ग्रस कलेक्शन गर्न सफल भएको छ । विभिन्न ठाउँबाट प्राप्त रिपोर्टहरूअनुसार देशैभरिका हलमा ‘छक्का पन्जा–३’ हेर्न दर्शक ओइरिएका छन् ।

निर्देशक निरौलाका अनुसार पहिलाभन्दा धेरै मेहनत गरेकाले दर्शकले यस चलचित्रलाई माया गरेको बताएकी छन् । ‘छक्का पन्जा ३’ का लागि काठमाडौं उपत्यकाका सबैजसो मल्टिप्लेक्स हलमा उच्च शो दिइएको निर्देशक निरौलाले बताइन् ।

यस चलचित्रले नेपालको पछिल्लो शैक्षिक बेथितिको विषय उठान गरेको छ । फिल्ममा दीपकराज गिरी, शिवहरि पौडेल, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाईं, बुद्धि तामाङ, विल्सनविक्रम राईलगायतले मुख्य भूमिकामा काम गरेका छन् ।

त्यसैगरी, फिल्ममा अतिथि कलाकारका रूपमा प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, सन्जोग कोइरालाले पन अभिनय गरेका छन् ।

 

Loading...