‘ए मेरो हजुर ३’मा अनमोल र सुहानाको जोडी यस्तो देखियो, तोकियो रिलिज डेट !

0

 
विराटनगर, असोज २६
नायिका एवं निर्देशक झरना थापाकी छोरी सुहाना थापा र नायक अनमोल केसीको मुख्य अभिनय रहने फिल्म ‘ए मेरो हजुर ३’को पहिलो पोस्ट सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा यी दुई जोडी रोमान्टिक अवतारमा देखिएका छन् ।

शुक्रबार पहिलो पोस्टर सार्वजनिक गर्दै यस टोलीले आजैबाट छायांकन सुरू गरेको छ । झरना थापाको दोस्रो निर्देशन रहेको यस फिल्मको रिलिज डेट पनि तय भएको छ । आउँदो चैत्र २९ गते नै प्रदर्शन मा आउने भएको छ ।

नायक अनमोल केसीको होम प्रोडक्शनमा निर्माण भएको चलचित्र ‘क्याप्टेन’ फागुन १७ मा रिलिज हुनेछ हुने भएपछि उनले अभिनय गर्न लागेको नयाँ चलचित्र ‘ए मेरो हजुर ३’ चैत्र २९ मा रिलिज हुँदैन भन्ने अड्कलबाजी सुरु भएको थियो । तर, बजारमा चलेका सबै हल्लालाई चिर्दै यसको निर्माणपक्षले चैत्र २९ लाई नै प्रदर्शन मिति तोकेको छ ।

चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गर्नेछन् भने निर्देशक थापा र सुमन पौडेलको कथा रहने छ । यस फिल्ममा कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिष अविरलको संगीत रहनेछ । यस्तै रोशन श्रेष्ठले द्वन्द्व निर्देशन गर्नेछन् भने सञ्जय लामा क्यामरा सम्हाल्नेछन् ।

फिल्ममा अनमोल गायकको भूमिकामा छन् भने सुहाना एक फ्यानकोे भूमिकामा छिन् । यस्तै अनमोल र सुहानाका साथमा सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW