अनमोलसँग जुध्ने ‘जात्रै जात्रा’ पनि विपिन र वर्षा श्रीमान्–श्रीमती

0


काठमाडौं, असोज २५
आज बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्र ‘जात्रै जात्रा’को घोषणा गरिएको छ । गतवर्षको हिट फिल्म ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’ को काठमाडौंमा एक औपचारिक कार्यक्रम गरी घोषणा गरिएको हो ।

कार्यक्रममा निर्माण टिम र कलाकारको उपस्थिति रहेको थियो । चलचित्रका निर्देशक प्रदीप भट्टराईले ‘जात्रा’ कै कलाकारहरु रहने यस चलचित्रमा विपिन कार्की र वर्षा राउत पुरानै श्रीमान्–श्रीमतीको भूमिकामा देखिने बताए । यसैगरी उनले ‘जात्रा’ जहाँ सकिएको थियो ‘जात्रै जात्रा’ त्यहीँबाट सुरु हुने बताए । उनका अनुसार यसपटक चलचित्रका पात्रहरु पैसाको पछाडि मात्र नदौडिने बताए ।

चलचित्रमा विपिन र वर्षाबाहेक रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, प्रकाश घिमिरे, सोहित मानन्धरलगायतका कलाकारहरुको अभिनय रहनेछ । चलचित्रको कथा निर्देशक भट्टराई आफैंले तयार पारेका छन् । कलाकार रविन्द्रसिंह कार्यकारी निर्माता रहने छन् । यस्तै सिंगे लामा र यादव पौडेल निर्माताको रुपमा रहनेछन् भने ।

चलचित्रको प्रदर्शन मिति फागुन १७ गतेलाई तय गरिएको छ । यो मितिमा अनमोल केसीको ‘क्याप्टेन’ पनि रिलिज हुँदैछ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW