यस्तो बन्यो अमिताभ बच्चन अभिनित साउथ फिल्मको मोसन पोस्टर

0


विराटनगर, असोज २५
‘बिग बि’ उपाधि पाएका मेघास्टार अमिताभ बच्चनले आज आफ्नो ७६ औं जन्मदिन मनाउँदैछन् । आज उनको जन्मदिनको अवसर पारेर उनी अभिनित साउथ इण्डियन फिल्मको मोसन पोस्टर रिलिज भएको छ ।

निर्माण टिमले अमिताभ अभिनित ‘सई रा नरसिम्हा रेड्डी’ को मोसन पोस्टर बिहीबार सार्वजनिक गरेको हो । फिल्ममा चिरन्जीवीको मुख्य भूमिका रहेको छ भने अमिताभ विशेष भूमिकामा देखिएका छन् ।

स्वतन्त्र सेनानी यु नरसिम्हा रेड्डीको जीवनीमा आधारित यस फिल्ममा नयनथरा र जगपति बाबुको पनि अभिनय रहेको छ । फिल्मलाई सुरेन्द्र रेड्डीले निर्देशन गरिरहेका छन् ।

फिल्ममा आफ्नो भूमिका विशेष भएका कारण अमिताभले यस फिल्म गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

 

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW