आमिर खानले छोडे यौन दुर्व्यवहारकाे आरोप लागेका निर्देशकको फिल्म !

0


विराटनगर, असोज २५
पछिल्लोसमय बलिउडमा ‘मिटू’को अभियानले कलाकार मात्र होइनन् गायक, अभिनेता र निर्देशकहरु पनि मुछिएका छन् । यौन शोषणकै आरोप लागेका आरोपीहरुविरुद्ध कलाकारहरु उत्रिएका छन् ।

यसैक्रममा बलिउड अभिनेता आमिर खानले यौन शोषणका आरोपी सुभाष कपूरको फिल्म ‘मुगल’बाट हात झिक्ने भएका छन् । यौन शोषणको आरोपकै कारण सुभाषको फिल्मबाट हात झिक्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आमिर खान र उनकी पत्नि किरण रावले एक विज्ञप्ती ट्वीटमार्फत् सार्वजनिक गर्दै यौन शोषणको निन्दा गरेका छन् । ट्वीटमार्फत् आमिरले लेखेका छन्, ‘एक सिर्जनशील मानिस भएको नाताले हामी सामाजिक विषयको हल निकाल्न प्रतिवद्ध छौं । आमिर खान प्रोडक्सन सधैं यौन शोषण गर्नेको विरोध जनाउँदै आएको छ ।’

यसअघि पनि ऋतिक रोशनले आफ्नो फिल्म ’सुपर ३०’ बाट र रणवीर सिंहले आफ्नो फिल्म ’८३’ बाट यौन शोषण आरोपी निर्देशक विकास बहललाई निकाल्ने फैसला लिएका थिए ।

यहींअनुरुप यस कुरालाई उनको आउँदो फिल्म ‘मुगल’ बाट पनि हात झिक्ने निर्णय लिएका छन् । ‘मुगल’ का निर्देशक सुभाष कपूरको विरुद्धमा पनि यौन शोषणको मुद्दा लागेको छ । यद्यपि, आमिर र किरण रावको यस ट्वीटपछि आरोपी निर्देशक सुभाष कपूरले यो मुद्दा अदालतमा विचाराधीन रहेको र यस मुद्दामा आफूलाई निर्दोष सावित गरेर देखाउने बताएका छन् ।

 

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW