‘रणवीर’को मोसन पोस्टर सार्वजनिक

0


विराटनगर, असोज २५
पछिल्लोसमय नेपाली फिल्महरुको पनि मोसन पोस्टर, टिजर सार्वजनिक हुने गरेका छन् । बलिउड चलचित्रहरुले मोसन पोस्टर सार्वजनिक गरिरहँदा नेपाली चलचित्र ‘रणवीर’ले पनि आफ्नो मोसन पोस्टर सार्वजनिक गरिएको छ ।

आउँदो माघ १८ गतेबाट प्रदर्शनका लागि तयार रहेको चलचित्र ‘रणवीरले’ युट्युबमा मोसन पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक मोसन पोस्टरमा मुख्य कलाकार प्रशान्त ताम्राकार र सुशिल सिटौलालाई देखाइएको छ ।

चलचित्रमा सुशिल र प्रशान्तबाहेक शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ भने गोविन्द सिंह भण्डारीको कथा, पटकथा, संवाद तथा निर्देशन यस फिल्म बनेको छ ।

गोमा विष्ट थापा र दिपेन्द्र रेग्मी निर्माणमा बनेको यस चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

 

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW