‘यता न उता’मा ‘चोलीको तुना’ देखाउँदै ऋचा र छुल्ठिम (भिडियो)

0

विराटनगर, असोज २५
चलचित्र ‘न यता न उता’ को ‘चोलीको तुना’ बोलको गीतको भिडियो रिलिज भएको छ । नायिकाद्वय ऋचा शर्मा र छुल्ठिम गुरुङ तथा समिरमणि दिक्षित र मिराज रोशनलाई फिचरिङ गरिएको सो गीतको भिडियो युट्यबमार्फत् सार्वजनिक भएको हो ।

गीतमा राजनराज सिवाकोटी, मिलन अमात्य र रमिना सिंगको स्वर तथा मिलन जलन र राजन इशानको संगीत रहेको छ । यस्तै शव्द भने एकनारायण भण्डारीको छ ।

यसैगरी भिडियोतर्फ कोरियोग्राफी विक्रम स्वारको छ । यस्तै मिराज र विसारद बस्नेतको निर्देशनमा बनेको यस फिल्ममा भने ऋचा, छुल्ठिम, समिरमणी र मिराजका साथमा बुद्धि तामाङ, रविन्द्र झा, राजाराम पौडेल, नमिता घिसिङ, लुनिभा तुलाधर, राजन खतिवडा, राजन मुकारुङ, जयनन्द लामाको अभिनय छ ।

 

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW