birat ribon

नेइमार र डिबालालाई पछि पार्दै मेस्सी बने च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडी

Neuro
नेइमार र डिबालालाई पछि पार्दै मेस्सी बने च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडी

एजेन्सी, असोज १९
युभेन्टसका पाउलो डिबाला र पिएसजीका नेइमारलाई पछि पार्दै बार्सिलोनाका कप्तानसमेत रहेका लिओनल मेस्सी युरोपियन च्याम्पिन्स लिगको साताको उत्कृष्ट खेलाडी बनेका छन् ।

cura insider

३ दिनअघि इंग्लिस क्लब टोटनह्यामविरुद्ध भएको खेलमा २ गोल गरेका मेस्सी प्रतियोगिताको ‘प्लेयर अफ् दि विक’ घोषित भएका हुन् । टोटनह्यामलाई उसकै घरमा बार्सिलोनाले ४–२ ले हराएको थियो ।

साताको उत्कृष्ट खेलाडीका लागि युभेन्टसका डिबाला र पिएसजीका नेइमार पनि परेका थिए । उनीहरू दुवैले आ–आफ्नो खेलमा ह्याट्रिक गरेका थिए ।

तर, दुईजना ह्याट्रिक गोलकर्तालाई पछि पार्दै २ गोल गरेका मेस्सी उत्कृष्ट खेलाडी घोषित भए ।

नेइमारको टोली पिएसजीले स्टार बेल ग्रेडलाई ६–१ ले हराउँदा एकै खेलमा २ गोल फ्रि किकबाट गरेका थिए, जुन सन् २००९ मा क्रिस्टियानो रोनाल्डोले गरेपछि एकै खेलमा दोहोरो फ्रि किक गोल थियो ।

jackson ribon