birat ribon

सगरमाथा आधार शिविर घुम्नेक्रममा ताइवानी पर्यटकको मृत्यु

Neuro
सगरमाथा आधार शिविर घुम्नेक्रममा ताइवानी पर्यटकको मृत्यु

cura insider

सोलुखुम्बु, असोज ९
जिल्लाको खुम्बुमा लेक लागेर एक विदेशी नागरिकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले दिएको जानकारीअनुसार ताइवानी नागरिक चेनारी च्याङको मृत्यु भएको हो ।

चेनारी सगरमाथा आधार शिविर घुम्न आएका थिए । उनको बिहीबार साँझ मृत्यु भएको हो । चेनारी खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित लबुचे मदर अर्थ भन्ने होटलमा बसेका बेला उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

४५ वर्षीय चेनारी असोज १३ गते नेपाल हाइटिङ टिम कम्पनी काठमाडौंमार्फत् जिल्लामा घुम्न आएका थिए ।

अब कानुनी प्रक्रिया पूरा गरेर चेनारीको शव परीक्षणका लागि काठमाडौं पठाइने प्रहरीले बताएको छ ।

jackson ribon