birat ribon

अब कर्मचारीले हरेक दिन काम सुरु गर्नुअघि ‘भ्रष्टाचार नगर्ने’ कसम खानुपर्ने !

Neuro
अब कर्मचारीले हरेक दिन काम सुरु गर्नुअघि ‘भ्रष्टाचार नगर्ने’ कसम खानुपर्ने !

cura insider

काठमाडौं, असोज १९
व्याप्त भ्रष्टाचार रोक्न सरकारले नयाँ उर्दी जारी गरेको छ । झट्ट सुन्दा हाँस्यास्पद लाग्ने सरकारको यस्तो निर्देशनअनुसार अब सरकारी कर्मचारीले काम सुरु गर्नुअघि हरेक दिन ‘म भ्रष्टाचार गर्दिनँ’ भनेर कसम खानुपर्ने भएको छ ।

असोज १६ गते बसेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को बैठकको निर्णयअनुसार सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लगाउन यस्तो निर्देशन जारी गरेको हो ।

सरकारको निर्देशनअनुसार अब कर्मचारीले सुशासन र सदाचार प्रवद्र्धन गर्न ‘म भष्टाचार गर्दिनँ’, ‘म भष्टाचार हुन दिन्नँ’, ‘म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु’ भन्नेजस्ता कसम खानुपर्ने छ । त्यो पनि वर्षमा एकदिन होइन, दिनैपिच्छे ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता तथा सहसचिव विनोदबहादुर कुँवरले हस्ताक्षर गरेको निर्देशन तथा प्रतिज्ञापत्रमा भनिएको छ– अब उप्रान्त सबै सरकारी कर्मचारीले दैनिक कार्यालयमा काम थालनुअघि सोहीअनुसार कसम खानुपर्ने र सबैले देख्ने गरी ‘म भष्टाचार गर्दिनँ’, ‘म भष्टाचार हुन दिन्नँ’, ‘म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु’ भन्ने व्यहोरा लेखेर भित्तामा टाँस्नुपर्ने छ ।

jackson ribon