विराटनगर, असोज १९
फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन स्टार खेलाडी नेइमारले च्याम्यिन्स लिगमा रेकर्ड बनाएका छन् । २ दिनअघि उनले समूह चरणको दोस्रो खेलमा बेलग्रेडलाई ६–१ ले हराउँदा सनसनीपूर्ण ह्याट्रिक गरेका थिए । उनले सो खेलमा २ गोल फ्रि किकबाट गरेका थिए ।
यससँगै नेइमार च्याम्पियन्स लिगमा एकै खेलमा २ फ्रि किकबाट गोल गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि सन् २००९ मा क्रिस्टियानो रोनाल्डोले पनि एकै खेलमा २ गोल फ्रि किकबाट गरेका थिए ।
बेलग्रेडविरुद्ध नेइमारले २ गोल पहिलो हाफ र १ गोल दोस्रो हाफमा गरेका थिए । त्यसमा उनले २ गोल फ्रि किकबाट गरेका थिए ।
यसै खेलबाट नेइमारले लिजेन्ड काकाको सर्वाधिक गोलकर्ताको रेकर्डसँग पनि बराबरी गरेका छन् । अब च्याम्पियन्स लिगमा ब्राजिलबाट काका र र नेइमारको नाममा सर्वाधिक धेरै समान ३०–३० गोल पुगेको छ ।
नेइमारले च्याम्पियन्स लिगका ४९ खेलमा ४९ गोलमा आफूले भूमिका खेलेका छन् ।