birat ribon

‘शैक्षिक गुणस्तर उकास्न’ जापानले नेपाललाई दियो ३१ करोड

Neuro
‘शैक्षिक गुणस्तर उकास्न’ जापानले नेपाललाई दियो ३१ करोड

काठमाडौं, असोज १९
नेपालको प्रमुख दातृ तथा सहयोगी राष्ट्र जापानले यहाँको शैक्षिक क्षेत्रको विकासका लागि झन्डै ३१ करोड रुपैयाँ अनुदान दिएको छ । नेपालमा सञ्चालित ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’अन्तर्गत जापालने थप ३० करोड ८० लाख रुपैयाँ अनुदानमा सहयोग गर्ने पक्का भएको हो ।

आज काठमाडौंमा नेपालका लागि जापानी राजदूत मासामिची सैंगो र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालबीच विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि सो रकम उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा नेपालको शिक्षालाई थप गुणस्तरीय बनाउन सो रकम खर्च गर्ने उल्लेख छ ।

cura insider

जापानले यसअघि पनि विभिन्न क्षेत्रमा ठूलो रकम सहयोग गर्दै आएको छ ।

jackson ribon