birat ribon

नेइमार भन्छन्– ‘रसिया विश्वकप सम्झिन चाहन्नँ’

Neuro
नेइमार भन्छन्– ‘रसिया विश्वकप सम्झिन चाहन्नँ’

एजेन्सी, असोज १९
पिएसजीका ब्राजिलियन खेलाडी नेइमारले आफूले रसिया विश्वकप सम्झिन नचाहेको बताएका छन् । उनले आफू अहिले विश्वकपको अतीत सम्झेर अघि बढिरहेको बताएका छन् ।

cura insider

उनले विश्वकपको पूर्वसन्धयामा आफू घाइते हुन आफ्ना लागि खराब समय रहेको पनि बताएका छन् । ‘मेरो चोट र विश्वकप यो सबै अतीतमा भएको हो । मेरा लागि यो करिअरकै कठिन समय थियो,’ नेइमारले भनेका छन्, ‘तर, अहिले म ती दिन बिर्सेर अगाडि बढिरहेको छु ।’

नेइमार यो सिजन राम्रो लयमा देखिएका छन् । उलने क्लब फुटबल लिग वानमा उच्च प्रदर्शन गरिरहेका छन् । यता, च्याम्पियन्स लिगमा पनि नेइमारले दोस्रो खेलमा ह्याट्रिक गरेका छन् ।

नेइमारको टोली पिएसजीलाई यसपटक च्याम्पियन्स लिगको उपाधि दाबेदार टोली मानिएको छ । गत वर्ष पिएसजी राउन्ड १६ मा रियल मड्रिडसँग पराजित भएर बाहिरिएको थियो ।

jackson ribon