birat ribon

मोरङमा ६३ वर्षीया अपांग महिलामाथि बलात्कार प्रयास, स्थानीयले समातेर प्रहरीलाई बुझाए

Neuro
मोरङमा ६३ वर्षीया अपांग महिलामाथि बलात्कार प्रयास, स्थानीयले समातेर प्रहरीलाई बुझाए

विराटगर, असोज १९
मोरङको बेलबारी नगरपालिकामा एक अपांग महिलामाथि बलात्कार प्रयास भएको छ । बेलबारी नपा–८, बाहुनीनिवासी ६३ वर्षीया वृद्ध महिलामाथि बलात्कार प्रयास भएको हो । महिला बोल्न सक्दिनन् ।

cura insider

बलात्कार प्रयास गर्ने सोही ठाउँ बस्ने ६५ वर्षीय शेरबहादुर भनिने पदमबहादुर मगर रहेका छन् । उनले बुधबार साँझ ५ तिर खेतमा महिलामाथि बलात्कार प्रयास गरेका थिए ।

महिला घरनजिकै खेतमा काम गर्न गएका बेला मगरले जबर्जस्ती गर्न खोजेका थिए । पछि महिला चिच्याएपछि परिवारले सुनेर उद्धार गरेका थिए ।

अपांग महिलामाथि बलात्कार प्रयास भएको भन्दै स्थानीयले प्रहरी समक्ष कडा कारबाही गर्न माग गरेका छन् ।

यता, इप्रका बेलबारीका प्रमुख रामकुमार राईले अदालतबाट म्याद पेर आरोपीमाथि छानबिन थालेको बताए । स्थानीयले बलात्कार प्रयास गर्ने मगरलाई घटनास्थलबाटै पक्रेर प्रहरीको जिम्मा लगाएका थिए ।

jackson ribon