birat ribon

महिलाहरुमा मुत्रनलीको संक्रमण हुन नदिन यी उपायहरु अपनाउनुहोस

Neuro
महिलाहरुमा मुत्रनलीको संक्रमण हुन नदिन यी उपायहरु अपनाउनुहोस

मुत्रनलीमा संक्रमण विभिन्न कारणहरुले हुने गर्छ । यस्तो समस्या पुरुषमा भन्दा बढी महिलाहरुमा देखिने गर्छ । मासिक श्राव, गर्भावस्था जस्ता विभिन्न चरणबाट गुज्रनुपर्ने भएकाले महिलाहरुको योनीद्वारमा संक्रमणको भय बढी हुने गर्छ । योनीद्वारको सरसफाईमा ख्याल नपुर्‍याउँदा, असुरक्षित यौन सम्पर्क गर्दा यस्तो समस्या निम्तन सक्छ ।

cura insider

यस समस्याका लक्षणहरु यस्ता छन् :

-गुप्ताङ्ग चिलाउनु वा पोल्नु

-पिसाब कम हुनु वा थोरै थोरै मात्र पिसाब हुनु

-पटक पटक बाथरुम जान मन लाग्नु र जादाँ थोरै मात्र पिसाब हुनु

-पहेलो पिसाब तथा गन्हाउने पिसाब

-ढाडको तल्लो भागमा पीडा महसुस हुनु

-पेटको तललो भाग दुख्नु

यस समस्याबाट बच्न यी उपायहरु अपनाउनुहोस् :

-प्रशस्त मात्रामा पानीकेा सेवन गर्ने

-समय समयमा बाथरुम जाने

-धेरै बेर पिसाब नरोक्ने

-बाथरुम प्रयोग गर्दा फ्लस गर्ने बानी बसाल्ने

-योनीको नियमित सफाई

-सफा भित्रीवस्त्रको प्रयोग

-खानामा भिटामिन सीको प्रयोग गर्ने

-धुमपान , मद्यपान तथा मसलेदार, चिल्लो, चिया, कफीको सेवनबाट टाढा रहने

-दालचनी, जौको पानी, नरिवल पानी तथा मोहीको भरपूर मात्रामा सेवन गर्ने

jackson ribon