birat ribon

झक्कड थापाले गाए यस्तो मिठो गीत (भिडियो)

Neuro
झक्कड थापाले गाए यस्तो मिठो गीत (भिडियो)


विराटनगर, असोज १९
नेपालकै चर्चित रियालिटी शो ‘नेपाल आइडल’को पहिलो सिजनबाटै चर्चामा आएको झक्कड थापाको स्वर रहेको लिरिकल भिडियो सार्वजनिक भएको छ । चर्चित संगीतकार तथा गायक बसन्त सापकोटाको संगीत रहेको सो लिरिकल भिडियो बसन्त सापकोटाकै युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो ।

cura insider

‘भेरी सेती’ बोलको सो गीतमा दिनेश थपलियाको शव्द छ भने महराज थापाको एरेन्ज छ । पश्चिमेली भाकामा गाइएको यस गीत अन्य गीतभन्दा फरक छ । पश्चिमका केही पर्यटकीय गन्तव्यका बारेमा चर्चा गर्दै यस गीतको शव्द कोरिएको छ भने भिडियोमा त्यी स्थानहरुलाई देखाइएको छ । झक्कडको यस गीतमा सुरिलो स्वर र एक फरक तरिकाको मिठास पाउन सकिन्छ ।

झक्कड नेपाल आइडलको पहिलो सिजनदेखि नै चर्चामा छन् । उनी गीतलाई केही हास्य तबरले गाएर नै चर्चामा आएका हुन् । उनले नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘भद्रगोल’मा आफ्नो अभिनय देखाइसकेका छन् भने विभिन्न अन्तर्वाता पनि दिएका छन् ।

 

jackson ribon