birat ribon

रोनाल्डोद्वारा दोस्रोपटक बलात्कार आरोप अस्वीकार, भने– ‘मुद्दा लड्न तयार छु’

Neuro
रोनाल्डोद्वारा दोस्रोपटक बलात्कार आरोप अस्वीकार, भने– ‘मुद्दा लड्न तयार छु’

cura insider

एजेन्सी, असोज १९
पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले दोस्रोपटक आफूमाथि लागेको बलात्कार आरोप इन्कार गरेका छन् । उनले सामाजिक सन्जाल ट्वीटर तथा इन्स्टाग्रामबाट आफूमाथि लागेको आरोपको इन्कार गरेका हुन् ।

इटालियन क्लब युभेन्टसबाट व्यावसायिक फुटबल खेलिरहेका ३३ वर्षीय रोनाल्डोविरुद्ध अमेरिकाकी एक मोडलले बलात्कार आरोप लगाएकी छन् । उनले आफूमाथि सन् २००९ मा रोनाल्डोले बलपूर्वक बलात्कार गरेको बताएकी छन् ।

रोनाल्डोलाई ९ वर्षपछि बलात्कार आरोप लगाउने महिला अमेरिकाको एक मोडल रहेको बताइएको छ । उनको नाम क्याथरिन म्योग्रा हो । उनी ३४ वर्षीया हुन् ।

रोनाल्डोले यसअघि पनि आफूमाथि लगाइएको आरोप मिथ्या भएको बताएका थिए । उनले आफूमाथि लगाइएको आरोप र आएका समाचारमा कुनै सत्यता नभएको भन्दै खन्डन गरेका छन् ।

उनले सामाजिक सन्जाल ट्वीटरमा लेखका छन्, ‘मेरा विरुद्ध प्रहरीले गर्ने भनिएको छानबिनको कुनै आवश्यकता नै छैन । ‘बलात्कार घृणित अपराध हो, जुन म सोच्न पनि सक्दिनँ ।’

रोनाल्डोले आफूविरुद्ध लगाएको आरोपमा आफू कानुनी उपचारको बाटोमा जान तयार भएको पनि बताएका छन् । ‘म कानुनअनुसार न्यायका लागि लड्न तयार छु,’ उनले भनेका छन् ।

यता, पछिल्ला खबरअनुसार लस भेगासको प्रहरीले रोनाल्डोमाथि लगाएको आरोपमाथि छानबिन थालिसकेको जनाएको छ ।

jackson ribon