विराटनगर, असोज १९
भुटानमा चलिरहेको साफ यु–१८ महिला च्याम्पियनसिप महिला फुटबलमा आज सेमिफाइनलमा नेपाल र भारतको भडन्त हुँदैछ । प्रतियोगिताको फाइनल पुग्न यी दुई टोली आज निर्णायक भिडन्त गर्न लागेका हुन् ।
नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार आज दिउँसो ३ः१५ बजेदेखि भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा सुरु हुनेछ ।
आजै हुने दोस्रो सेमिफाइनल खेलमा आयोजक भुटानले बंगलादेशको सामना गर्दैछ । यसअघि समूह चरणमा एक खेलमा जित र एक खेल हारेको नेपाल अन्तिम चारमा प्रवेश गरेको हो ।
नेपाली टोलीले समूह चरणको पहिलो खेलमा पाकिस्तानलाई १२–० ले हराउँदा दोस्रो खेलमा बंलादेशसँग २–१ गोलले हारेको थियो ।