birat ribon

यस्ता लक्षण देखिएमा बुज्नुहोस् तपाईलाई क्षयरोग भएको छ

Neuro
यस्ता लक्षण देखिएमा बुज्नुहोस् तपाईलाई क्षयरोग भएको छ

 

cura insider

क्षयरोग एक प्रकारको सरुवा रोग हो । यो बिरामी देखि स्वास्थ्य पुरुषसम्म सजिलैसँग सर्छ । क्षयरोग ट्यूबरकुलोसिस नामक व्याक्टेरियाको संक्रमणले गर्दा हुन्छ । यस रोगलाई समयमा नै उपचार गर्न सकियो भने यो रोग निको हुने गर्छ । यस रोगको दबाइ निरन्तर नछुटाइकन खानुपर्छ । क्षयरोगका लक्षणहरुलाई मानिसहरुमा सामान्य रुपमा लिने गर्छन् । त्यसैले पछि गएर पछुताउने गर्छन् । पछि गएर पछुताउनुभन्दा अगाडी नै लक्षणहरुलाई पहिचान गरी उपचार गर्नुपर्छ ।

क्षयरोगका लक्षणहरु यस्ता छन् :

१) क्षयरोगले सताएको सुरुवाती अवस्थामा मानिसलाई थकान महसुस हुने गर्छ जसलाई मानिसहरु त्यति वास्ता गर्दैनन् । जसले गर्दा ब्याक्टेरियाले झन् बढी संक्रमण गर्छ ।

२) रुघाखोकी र ज्वोरो आउनु सामन्य लाग्ने गर्छ तर यदि लगातार ज्वोरो आउने रुघाखोकी लाग्ने लामो समयसम्म भइरहयो भने तपाईलाई क्षयरोगले सताएको छ ।

३) राती धेरै पसिना आउने ,मुख सुक्ने ,खान मन नलाग्ने र तौल अचानक कम हुने पनि क्षयरोगका लक्षणहरु हुन् ।

४) क्षयरोगको संक्रमण भएमा मानिसको खकारमा रगत देखिन्छ । सास लिनसमेत समस्या हुने गर्छ । यस्ता लक्षण देखिए तुरुन्तै चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।

५) क्षयरोगको संक्रमण जोसुकैलाई हुनसक्छ । कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका मानिसलाई यसले चाँडै असर गर्ने हुँदा घरपरिवारमा कसैलाई क्षयरोग लागेको छ भने परिवारका अन्य सदस्यले पनि कम्तीमा एक पटक खकारको जाँच गर्नुपर्छ ।

jackson ribon