birat ribon

डलरको भाउ अहिलेसम्मकै महँगो, विदेशबाट पैसा पठाउनेलाई फाइदै–फाइदा !

Neuro
डलरको भाउ अहिलेसम्मकै महँगो, विदेशबाट पैसा पठाउनेलाई फाइदै–फाइदा !

विराटनगर, असोज १९
पछिल्लो समय उकालो लागेको अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ । अघिल्लो दिनको तुलनामा डलर आज झन् बढेको हो ।

नेपाल राष्ट्र बैंकले आज १ अमेरिकी डलरको बिक्रीदर १ सय १८ रुपैयाँ ३ पैसा तोकेको छ । अघिल्लो दिन डलरको भाउ १ सय १७ रुपैयाँ ६५ पैसा मात्रै थियो ।

cura insider

तर, आज १ अमेरिकी डलरमा १ रुपैयाँ बढेर १ सय १८ रुपैयाँ पुगेको हो । यता, अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा भने कमजोर भएको छ । जसको असर नेपाली मुद्रामा पनि परेको छ ।

डलरको भाउ बढेका बेला विदेशबाट पैसा पठाउने भने सबैभन्दा बढी लाभान्वित हुने भएका छन् । यस्तो बेला विदेशमा रहेका नेपालीले नेपाल पैसा पठाउँदा धेरै फाइदा पुग्नेछ ।

jackson ribon